बाजुरामा मतपेटिकामा आगजनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाजुरामा मतपेटिकामा आगजनी


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । बाजुराको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । प्रदेश निर्वाचन क्षेत्र ९१० अन्तर्गत पर्ने स्वामिकार्तिक गाउँपालिका १ मतदान स्थलको क केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो । 

मतदान अधिकृत रामकुमार यादवले एकाएक मतपेटिकामा धुवाँ निस्किएको बताए । मतपेटिकामा आगजनी कसले गरेको हो भन्नेबारे खुल्न नसकेको उनको भनाइ छ । उक्त घटनापछि पुनः मतदान गराउने या के गर्ने भन्नेबारे खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस