एक मतदान केन्द्र जहाँ अपाङ्गता भएका कर्मचारी मात्रै छन् ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक मतदान केन्द्र जहाँ अपाङ्गता भएका कर्मचारी मात्रै छन् !


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । बैतडीको एक मतदान केन्द्रमा सबै अपाङ्गता भएका कर्मचारी छन्।

जिल्लाको दशरथचन्द नगरपालिका-८ को त्रिपुरा सुन्दरी स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा सबै अपाङ्गता भएका कर्मचारीहरू खटिएका हुन्। मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सबै अपाङ्गता भएका कर्मचारी खटिएको बैतडीका सहायक निर्वाचन अधिकारी तीर्थराज आचार्यले बताए।

उनीहरूको अवस्थालाई हेरेर सतर्कता अपनाइएको र कुनै समस्या आए अन्य कर्मचारीहरू खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आफूहरूको मागका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारी प्रदान गरेको र निर्वाचन गर्न आफूहरू सक्षम रहेको मतदान अधिकृत लोकेन्द्रबहादुर चन्दले बताए। सो मतदान केन्द्रमा ८ सय ७ मतदाता रहेका छन्।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ५० हजार  १ सय ५६ मतदाता रहेका छन्। जिल्लाका १ सय २९ स्थानमा २ सय १० वटा मतदान केन्द्रहरू छन् भने एक अस्थायी मतदान केन्द्र रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस