आज राति १२ बजेदेखि सवारीसाधन चलाउन रोक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आज राति १२ बजेदेखि सवारीसाधन चलाउन रोक


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । शनिबार राति १२ बजेदेखि आइतबार  मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ। निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो। 

आइतबार बिहानैदेखि मतदान रहेकाले निर्वाचन सुरक्षालाई बलियो बनाउन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। 

निर्वाचनको दिन साँझ ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। आइतबार बिहान ७ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाका लागि देशभरी मतदान हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस