प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिक बम विस्फोट, थप विवरण आउन बाँकि  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिक बम विस्फोट, थप विवरण आउन बाँकि 


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै  एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो । 

बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस