डोटीमा दुई वटा महिलामैत्री मतदान केन्द्र, अधिकृत देखि सबै कर्मचारी महिला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटीमा दुई वटा महिलामैत्री मतदान केन्द्र, अधिकृत देखि सबै कर्मचारी महिला


२९ कार्तिक २०७९, मंगलबार


डोटी । मङ्सिर ४ गते हुन गईरहेको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७९ का लागि डोटीमा दुई वटा महिलामैत्री मतदान केन्द्रको स्थापना गरिएको छ । 

१ सय ७७ वटा स्थायी र १ अस्थायी मतदान केन्द्र रहेको डोटीमा दुई वटा महिलामैत्री मतदान केन्द्र स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए । मुख्य निर्वाचन अधिकृत पाण्डेयका अनुसार महिला मतदान केन्द्र डोटी जिल्ला सदरमुकाम स्थित श्री पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखी क्याम्पसमा रहेको बताए । महिलामैत्री मतदान केन्द्रमा मतदान अधिकृत देखि सबै कर्मचारी, सुरक्षाकर्मी समेत महिलाहरू नै खटाइएको समेत मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए । डोटी जिल्लामा नमुनाको रूपमा स्थापना गरेको महिला मैत्री मतदान केन्द्रमा मतदान अधिकृत मनीषा गुरुङ र रमा कुँवरलाई खटाइएको समेत मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए । 

मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि डोटी जिल्ला भरी १ हजार चार सय १४ जना कर्मचारी परिचालन गरिएका छन् । जसमा १ सय ७८ जना मतदान अधिकृत, १ सय ७८ जना सहायक मतदान अधिकृत रहेका छन् भने अन्य शिक्षक सहित १ हजार ५ जना खटिएका छन् । ४/४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडाको रूपमा राखिएको समेत मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस