कर्मचारीसहित निर्वाचनका सामग्री ढुवानीका लागी सेनाको हेलिकप्टर हुम्लामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीसहित निर्वाचनका सामग्री ढुवानीका लागी सेनाको हेलिकप्टर हुम्लामा


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ।

उत्तरी नाम्खा गाउँपालिका-६ को लिमीका ३ मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।

हिमपातले न्यालुलेक  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।

लिमीका ३ मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई-१७ बाट कर्मचारी र निर्वाचन सामग्री लिमी जाने निमित्त निर्वाचन अधिकारी रानाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस