राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषको ४० करोड ब्याजमा लगानी गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषको ४० करोड ब्याजमा लगानी गर्ने


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषको ४० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैङ्कले कोषको पैसा एक वर्षका लागि विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा निक्षेपको रूपमा राख्ने भएको हो । 

मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैङ्कले २०७९ मंसिर ८ गतदेखि २०८० मंसिर ९ गतेसम्म कुल ३६७ दिनका लागि विभिन्न बैङ्क तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा सो रकम राख्ने जनाएको हो । सूचना अनुसार केन्द्रीय बैङ्कले कुल रकम मध्ये ३२ करोड रुपैयाँ वाणिज्य बैङ्कमा, ६ करोड रुपैयाँ विकास बैङ्कमा र २ करोड रुपैयाँ ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि छुट्याइएको छ ।  

निक्षेप चाहने बैङ्क तथा वित्तीय संस्थाहरूलाई बैङ्कले कात्तिक २९ गते मंगलबारदेखि मंसिर १ गतेसम्म राष्ट्र बैङ्कको आधिकारिक अनलाइन पोटलमार्फत आवेदन दिन आह्वान गरेको छ । तर, यस्ता बैङ्क तथा वित्तीय संस्थाहरू सञ्चालनको २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने तोकिएको न्यूनतम् पुँजीकोष अनुपात कायम गरेको र निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने केन्द्रीय बैङ्कले सर्त राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस