माओवादीका प्रदेश उपाध्यक्ष खत्री पदमुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माओवादीका प्रदेश उपाध्यक्ष खत्री पदमुक्त


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । सत्तारुढ गठबन्धनको बागी उम्मेदवारलाई मत मागेको भन्दै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गरेको छ । माओवादीको लुम्बिनी प्रदेश समितिले खत्रीलाई जिम्मेवारीबाट हटाएको हो ।

रोल्पाको गङ्गादेव गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका खत्रीमाथि रोल्पाको प्रदेशसभा-२ मा उम्मेदवार रहेका काँग्रेस नेता अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनका लागि मत मागेको आरोप छ ।

रोल्पामा सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभामा माओवादी केन्द्रका र प्रदेशसभाको दुई क्षेत्रमध्ये एउटामा काँग्रेस र एउटामा माओवादीका उम्मेदवार रहने गरी सिट बाँडफाँट भएको थियो । तर काँग्रेसको भागमा परेको प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादीका पोलिट्ब्यूरो सदस्य दीपेन्द्रले उम्मेदवारी दिएका छन् ।

गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै उनलाई माओवादी केन्द्रले यसअघि नै कारबाही गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस