महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार दिइने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार दिइने


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ ।

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्ने छन् । मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

छनोटमा परेको उत्कृष्ट लोगोलाई रु एक लाख नगदले पुरस्कृत गरिने छ । छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ । लोगोमा समेटिनु पर्ने विषय र सर्तसहित महानगरले सार्वजनिक सूचना समेत प्रकाशित गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस