दलीय स्वतन्त्रताका लागि सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दलीय स्वतन्त्रताका लागि सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताएकी छन् । 

सत्ता गठबन्धन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली काँग्रेसले प्रजातन्त्रको स्थापना र पुनः स्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गर्दै पछिल्लो अवस्था पनि हजारौँ सहिदको बलिदानबाट प्राप्त संविधानको रक्षाका लागि खडा भएको गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरिन् ।

आगामी निर्वाचनमा अग्रगामी गठबन्धन र प्रतिगामी गठबन्धन निर्वाचनमा रहेको उल्लेख गर्दै उनले विगतको शिक्षाले पनि प्रगतिगामी मोर्चालाई पराजित गर्नुपर्ने समय आएको बताइन् ।

यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले व्यक्तिगत इच्छा र आकाङ्क्षालाई छोडेर आन्दोलनमा होमिएको काँग्रेसका नेता कार्यकर्ताले प्रतिगमनका विरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

गठबन्धन बाहिरका पार्टीलाई निर्वाचित हुन दिन नहुने बताउँदै उनले गठबन्धन देश र पार्टीका लागि आवश्यक भएको स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस