हामी नेपाली भूमिका बेइमान नेता हौँ : चन्द्र भण्डारी  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हामी नेपाली भूमिका बेइमान नेता हौँ : चन्द्र भण्डारी 


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन्। 

बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौँमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन्। 

उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताए। 

भण्डारीले नेताहरूले लुटेको सम्पत्तिलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताए। उनले नेपालले अहिले सात खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने धारणा राखे। नेता भण्डारीले मुलुकलाई दुरावस्थामा पुर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाइ गर्नुपर्ने बताए। 

नेपाली राजनीतिमा बेइमान नेताहरू भएको बताउँदै उनले भने, ‘नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो। अब जोसुकै होस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, हामीले अब मंसिर ४ गते यी तत्वलाई पराजित गर्नुपर्छ, यो लुटेको सम्पत्ति नेपाल आमालाई फिर्ता गर्नुपर्छ। न हामीले देश चिन्यौँ, न त हाम्रो सौन्दर्य नै। हामी नेपाली भूमिका बेइमान सन्तान र नेताहरू हौँ। अब यसको अन्त्य हामीले गर्नुपर्छ  र मंसिर ४ गते बिदाइ गर्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस