एकीकृत समाजवादीद्वारा ५ नेतालाई कारबाही « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एकीकृत समाजवादीद्वारा ५ नेतालाई कारबाही


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई निष्कासनको घोषणा गरेको छ ।

पार्टी महासचिव डा.वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरू देवीलाल थापा, आदिप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन होमिएको अवस्थामा जुम्ला जिम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेदारीमा रहेका उनीहरूले पार्टीविरोधी शक्तिहरूसँग साँठगाँठ गर्दै पार्टीका विरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको भुसालको भनाइ छ । 

उनीहरूलाई पार्टी विधानको धारा ६४ (क), १, २, ३, ४, ५, ६ र ११ बमोजिम निष्कासन गरिएको हो । साथै जुम्ला जिल्ला पार्टीको सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिका सदस्य तीर्थबहादुर बुढालाई प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । 

Tags :
प्रतिक्रिया दिनुहोस