कुन जिल्लामा कति म्यादी प्रहरी खटिए ? (सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कुन जिल्लामा कति म्यादी प्रहरी खटिए ? (सूचीसहित)


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि देशभर म्यादी प्रहरी परिचालन गरिएको छ । देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले बताए । 

म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । सुरक्षासम्बन्धी करिब एक साताको तामिल पुरा गरेका म्यादी प्रहरीहरू ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिने छन् । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादीलाई थप ४ दिन परिचालन गरिने डिआइजी राईले बताए । 

मनाङ जिल्लामा सबैभन्दा धेरै २ सय २८ जना म्यादी प्रहरी परिचालन गरिएको छ । मुस्ताङमा २ सय ८५ जना म्यादी भर्ना गरिएको छ । काठमाडौंमा ३ हजार २७९ जना म्यादी परिचालन गरिएको छ । काभ्रेमा १ हजार ८८७ म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

निर्वाचन केन्द्र र मतदान स्थलको संवेदनशीलताका आधारमा जिल्लागत रूपमा म्यादी प्रहरीको संख्या निर्धारण गरिएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस