टी-२० विश्वकप : अफगानिस्तानमाथि अस्ट्रेलियाको रोमाञ्चक जित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टी-२० विश्वकप : अफगानिस्तानमाथि अस्ट्रेलियाको रोमाञ्चक जित


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले जित निकालेको छ ।

एडिलेटमा शुक्रबार भएको रोमाञ्चक खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको हो ।

अस्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि राशिद खानले अविजित रहँदै ४८ रन बनाए । गुल्बादिन नाइबले ३९ रन जोड्दा रहमानउल्लाह गुरुबाजले ३० रन जोडे ।

इब्राहिम जाड्रनले २६ तथा डार्विस रसोलले १५ रन बनाए । अष्ट्रेलियाका जोस हाजलउड र एडम जाम्पाले २-२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले । मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोईनिस र डेभिड वार्नरले समान २५/२५ रन बनाए ।

अफगानिस्तानका लागि नभिन उल हकले ३ विकेट लिए । फजलहक फारुकीले २ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस