पत्रकार सम्मेलन गर्न बालुवाटार पुगेकी निहारिका प्रहरी नियन्त्रणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पत्रकार सम्मेलन गर्न बालुवाटार पुगेकी निहारिका प्रहरी नियन्त्रणमा


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिका राजपूतलाई प्रहरीले केहिवेर नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी दिनेशराज मैनालीले पुष्टि गरे ।

आफूलाई कुमारी आमा बताउने राजपूतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।

पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीको  उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो ।

हालै आएको डिएनए जाँचको रिपोर्टमा उनको छोराको डिएनए श्रेष्ठको डिएनएसँग म्याच भएको छ । चुनावपछि यसमा पेस चढ्ने उच्च अदालत जनकपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस