निहारिका राजपूतका छोरा र प्रतिवादी शिवराजको डिएनए म्याच भयो : उच्च अदालत  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निहारिका राजपूतका छोरा र प्रतिवादी शिवराजको डिएनए म्याच भयो : उच्च अदालत 


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । निहारिका राजपूतका छोरा र प्रतिवादी शिवराज श्रेष्ठको डिएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको छ । उच्च अदालत जनकपुरले राजपूतको छोरा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश जारी गरेको थियो ।

डिएनए परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइएको थियो । राजपूतका कानुन व्यवसायी अधिवक्ता रिन्कु कुमारी यादवका अनुसार आज अदालतले डिएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ ।

प्रतिवेदनको अनुसार श्रेष्ठ र राजपूतका छोराको ९९.९९९ प्रतिशतले डिएनए म्याच भएको जानकारी उच्च अदालत जनकपुर जनाएको छ । 

अदालतका अनुसार रिपोर्ट नआएको हुँदा २५ गतेका लागि साधारण तारेख दिइएको थियो । अब रिपोर्ट आइसकेकोले अर्को सुनुवाइको पेसी तोकिनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस