पर्साको ठोरीमा स्नातक तह सञ्चालनको तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्साको ठोरीमा स्नातक तह सञ्चालनको तयारी


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । पर्साको ठोरीमा स्नातक तहको अध्ययन हुने भएको छ । सदरमुकाम वीरगञ्जबाट ६० किलोमिटर टाढा रहेको ठोरीमा स्नातक तहको पढाइ सुरु गर्न लागिएको हो ।

१४ वटा पालिका रहेको पर्सामा हालसम्म वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिकामा मात्रै स्नातक तहको अध्यापन हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले २०६९ सालमा शिक्षाशास्त्र सङ्कायमा स्नातक तह सञ्चालन गर्न सम्बन्धन दिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए । त्रिविबाट ०६९ सालमै अनुमति पाएपनि यस वर्षदेखि भने कक्षा सञ्चालन गर्न लागिएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयले आङ्गिक र सम्बन्धन प्राप्त सबै शैक्षिक संस्थालाई मंसिर १८ गतेदेखि स्नातक तहको अध्यापन सुरु गर्न निर्देशन दिइसकेको छ ।

विजयबस्ती क्याम्पसको भवन नभएकाले तत्कालका लागि विजयबस्ती माध्यमिक विद्यालयमा नै कक्षा सञ्चालन गरिने उनले बताए ।

यसवर्ष शिक्षा शास्त्र सङ्काय अन्तर्गत अनिवार्य विषयहरू नेपाली, अंग्रेजी सहित स्वास्थ्य, जनसङ्ख्या विषयका कक्षा सञ्चालन हुने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस