अम्रिसो उत्पादनमा वृद्धि, उचित मूल्य नपाउँदा कृषक मर्कामा « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अम्रिसो उत्पादनमा वृद्धि, उचित मूल्य नपाउँदा कृषक मर्कामा


१८ कार्तिक २०७९, शुक्रबार


उदयपुर । उदयपुरको मध्यपूर्वी पहाडी क्षेत्रमा केही वर्षयता कृषकले अम्रिसो उत्पादनमा जोड दिएका छन् । उनीहरुले पर्याप्त मात्रामा अम्रिसो उत्पादन गर्दैआएका छन् । अम्रिसोको कुचोले उचित मूल्य नपाउँदा भने कृषक मर्कामा परेका छन् ।

त्रियुगा नगरपालिकाका साउने, खाँबु, रौता, मलबासे, मुर्कुची, क्षेत्रका कृषकले व्यावसायिकरूपमा अम्रिसो उत्पादन गर्दैआएका छन् । उनीहरुले बर्सेनि अम्रिसो उत्पदान बढाउँदै लगेका छन् । कुचोको उचित मूल्य प्राप्त गर्न नसक्दा आफूहरू मर्कामा परेको त्रियुगा नगरपालिका-१४ साउनेका देवराज लुङ्गेली मगर बताउछन् । ‘लामो समयदेखि अम्रिसो खेती गरी कुचो बनाउँदै आएका छौँ, तर उचित मूल्य पाउन सकेका छैनौँ’, उनले भने ।

रौतामाई गाउँपालिका मुर्कुचीका लोकबहादुर पुलामी पनि अम्रिसोको कुचोले उचि मूल्य पाउन नसकेको गुनासो गर्छन् । ‘सात वर्षदेखि अम्रिसो उत्पादन गर्दैआएको छु, मूल्य भने कहिल्यै बढेन’, उनले भने । पुलामीका अनुसार सात वर्षदेखि अम्रिसोको कुचो खरिदकर्ताले प्रतिकुचो न्यूनतम रु ४० र अधिकतम् रु ५० सम्ममा मात्र खरिद गर्दैआएका छन् । बजारमा व्यापारीले प्रतिकुचो रु ८० देखि रु एक सयका दरले बिक्री गर्दैआएका छन् ।

यस क्षेत्रमा उत्पादन हुने अम्रिसोको कुचो सदरमुकाम गाईघाटका खरिदकर्ताले जिल्ला बाहिर सप्तरी, सिरहा, राजविराज, धनुषा, सर्लाही, इटहरी र विराटनगरसम्म लगेर बिक्री गर्ने गरेका छन् । अम्रिसोको कुचोले उचित मूल्य प्राप्त गर्न नक्दा घाटा सहनु परेको उदयपुरगढी डुम्रेका खगेन्द्र राउत बताउछन् । ‘खरिदकर्ताले सस्तोमा किन्ने गर्छन्, दोब्बर मूल्यमा अरुलाई बिक्री गर्छन्’, उनले भने ।

गाईघाटका व्यापारी सुरेन्द्र साह बाहिरी जिल्लामा बिक्री गर्न लैजाँदा ढुवानी भाडाका कारण कुचो महङ्गो हुने गरेको बताउछन् । बेलका नगरपालिकाको पहाडी क्षेत्रको बबला, मैनामैनी, चौदण्डीगढी नगपालिकाको चौदण्डी, सिद्धिपुर क्षेत्रमा अम्रिसो खेती हुँदै आएको छ । यस्तै त्रियुगा नगरपालिकाको साउने, खाँबु, रौतामाई गाउँपालिकाको मुर्कुची, पोखरे, सल्ले, भुटारसहित उदयपुरगढीको भलायाडाँडा, डुम्रे क्षेत्रमा पर्याप्त मात्रामा अम्रिसो उत्पादन हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस