भोट हालेर जिताएकाले राष्ट्रघात गरिरहेका छन्, भोट नहाल्नुस् : सिपी गजुरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोट हालेर जिताएकाले राष्ट्रघात गरिरहेका छन्, भोट नहाल्नुस् : सिपी गजुरेल


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले आसन्न निर्वाचनमा जनताले भोट हाल्न नजान जनतालाई आह्वान गरेका छन्। यसअघि भोट हालेर जिताएकाहरूले राष्ट्रघात गरिरहेकाले भन्दै उनले भोट नहाल्न आग्रह गरेका हुन्।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित चार दलको संयुक्त चुनावी बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र भनेको दलाल र नोकरसाही पुँजीवादी व्यवस्था हो ।’

अब जनगणतन्त्र व्यवस्था लागू गर्नुपर्ने उनको भनाइ छ । ‘यो भनेको मजदुर, किसान, महिलाहरूको व्यवस्था हो, यही नै पहिलो आवश्यक र विकल्प हो’, उनले भने, ‘त्यसका लागि यो संसदीय व्यवस्था बहिष्कार  गर्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस