भोलि सार्वजनिक बिदा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोलि सार्वजनिक बिदा


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । बिहीबार सार्वजनिक बिदा दिइएको छ । बैतडीको दशरथचन्द नगरपालिकाले वडा नम्बर ८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको हो ।

बिहीबार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए । त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्ने गर्दछ । यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । 

यसअघि बुधबार पाटन नगरपालिका-२ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको थियो ।  

तिहार सकिएसँगै बैतडीसहित सुदूरपहाडका शक्तीपीठ र मन्दिरमा जात्राको रौनक छाएको छ । यहाँ तिहारपछि १५ दिन जात्रा लाग्ने गर्दछ ।  

Tags :
प्रतिक्रिया दिनुहोस