६५ वर्षमा वृद्धभत्ता दिने प्रधानमन्त्री देउवाको इच्छा हो : स्वर्णिम वाग्ले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

६५ वर्षमा वृद्धभत्ता दिने प्रधानमन्त्री देउवाको इच्छा हो : स्वर्णिम वाग्ले


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य डा. स्वर्णिम वाग्लेले ६५ वर्षमा वृद्धभत्ता दिने सभापति शेरबहादुर देउवाको इच्छा भएको बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले वृद्धभत्ता दिने उमेर ६५ वर्षमा झार्ने चाहना देउवाकै भएको बताएका हुन् ।

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा वृद्धभत्ता पाउने उमेर क्रमशः ६५ वर्षमा झारिने उल्लेख छ । हाल ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकले वृद्ध भत्ता पाउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस