२० किलो गाँजासहित ५ जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२० किलो गाँजासहित ५ जना पक्राउ


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । २० किलो अवैध गाँजासहित बारा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित घुसुकपुर टोलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

स्थानीय सुनिता देवी साहले सञ्चालन गर्दै आएको पसलबाट गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो । सो क्रममा २० किलोग्राम गाँजासहित महागढीमाई नगरपालिका वडा नम्बर १ प्रतिमा देवी पटेल र करैयामाई गाउँपालिका वडा नम्बर १ का सफि अन्सारी, पचरौता नगरपालिका वडा नम्बर ३ का उपेन्द्र पटेल, सौखीलाल प्रसाद यादव र भारतीय नागरिक सेराज आलमलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए । 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस