टी-२० विश्व कप : श्रीलङ्काविरुद्ध अस्ट्रेलियाको सहज जित  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टी-२० विश्व कप : श्रीलङ्काविरुद्ध अस्ट्रेलियाको सहज जित 


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आइसिसी टी-२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह ‘ए’ को खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएको छ । आज मङ्गलवार पर्थमा भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हराएको हो । 

श्रीलङ्काले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । उसका मार्कस स्टोइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । बलिङतर्फ धनन्जय डी सिल्भा, चमिका करुनारत्ने र महेश थिकसनाले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५७ रन बनायो । उसका पथुम निसन्काले ४० र चरिथ असलङ्काले नटआउट ३८ रन बनाए । बलिङतर्फ जोश हेजलवुड, प्याट कमिन्स, याशटन अगर, मिचेल स्कर्ट र ग्लेन म्याक्सवेलले एक-एक विकेट लिए । 

यो जितसँगै अस्ट्रेलिया अङ्क तालिकाको चौथौँ स्थानमा उक्लिएको छ भने श्रीलङ्का तेस्रो स्थानमा छ । 

Tags :
प्रतिक्रिया दिनुहोस