भेरी नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भेरी नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । भेरी नदीको किनारमा वनभोज खान गएका एक युवाको नदीमा डुबेर मृत्यु भएको छ । अर्का एक युवा बेपत्ता भएका छन् । 

मंगलबार भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका-४ का २० वर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भेरी नगरपालिका ३ का २६ वर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् ।

नदीमा डुबेका वीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । रोशन र वीरेन्द्र डुबेपछि साथीहरूलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका हुन् ।

बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारी रहेको शव निकाल्ने र बेपत्ताको खोजी कार्य भइरहेको निरौलाले बताए । 

तिहारको अवसरमा सदरमुकाम खलङ्गामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरूले मंगलबार भेरी नगरपालिका ११ मटेलास्थित भेरी नदी किनारामा पिकनिकको आयोजना गरेका थिए । पिकनिक गएका युवाहरू नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस