साँझ ७ बजेपछि देउसी भैलो खेल्न नपाइने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साँझ ७ बजेपछि देउसी भैलो खेल्न नपाइने


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले साँझ ७ बजेपछि देउसी भैलो खेल्न निषेध गरेको छ ।

तिहारको समयमा राति अबेरसम्म देउसी भैलो खेल्दा झगडा, विवाद र विभिन्न अपराधिक घटना हुने भन्दै साँझ ७ बजेपछि देउसी भैलो बन्द गरेको हो । 

प्रशासनले देउसी भैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ ।

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरू बाल्ने एवं विद्युतीय उपकरणहरू प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटनाहरू हुन सक्ने भएकाले राति ७ बजेपछि तिहारको गतिविधि नगर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ले बताए । विगतका वर्षमा राति १० बजेसम्म देउसी भैलो खेल्दा विभिन्न घटना भएको मल्लको भनाइ छ ।

प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, अतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ ।

दीपावली तथा छठपर्व नजिकिएसँगै उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस