बीएस्सी प्रथम वर्षको नतिजा प्रकाशित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बीएस्सी प्रथम वर्षको नतिजा प्रकाशित


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले परीक्षा लिएको करिब १५ महिनापछि बीएस्सी प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ ।

कार्यालयले २०७७ सालको ब्याचको २०७८ साउनमा लिएको बीएस्सी प्रथम वर्षको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो ।

कार्यालयले नतिजामा स्थगित भएका वा अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यलयबाट प्रवेशपत्र प्रमाणीकरण गराई कात्तिक १५ गतेपछि कार्यालयको गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस