पौडेलले मागे माओवादीलाई भोट, भने नडराउनु हँसिया हथौडामा लोकतन्त्रको घेरा लागेको छ ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पौडेलले मागे माओवादीलाई भोट, भने नडराउनु हँसिया हथौडामा लोकतन्त्रको घेरा लागेको छ !


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । सत्ता गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले एक अर्काको नभनेर गठबन्धनका उम्मेदवार जिताउन लाग्न आग्रह गरेका छन् । सत्ता गठबन्धन बागमती प्रदेश भेलामा पौडेलले पाँच दलका उम्मेदवारलाई गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्न आग्रह गरेका हुन् ।

‘को काँग्रेस, को माओवादी, को समाजवादीको उम्मेदवार, को राष्ट्रिय जनमोर्चाको उम्मेदवार, को लोसपाको उम्मेदवार गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्नुस्,’ उनले भने । काँग्रेसका वरिष्ठ नेता पौडेलले माओवादीको चुनाव चिन्ह हँसिया हथौडासँग डराउन नहुने बताए । ‘हँसिया हथौडा देखेर नडराउनुहोस् । त्यो हँसिया हथौडामा लोकतन्त्रको गोलो घेरा लागेको छ ।’

काँग्रेस नेतृत्वमा मात्र गठबन्धन भएको भन्दै एमाले नेतृत्वमा पनि गठबन्धन बनेको उनको भनाइ छ । ‘गठबन्धनमा हाम्रो मात्र होइन । उता पनि छ । भेडा भेडातिर बाख्रा बाख्रातिर देखिएका छन् । उतातिरको गठबन्धनमा हेर्नुस् कस्तो अनुहार छन् ।’

पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको पौडेलको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस