अपराध अनुसन्धानमा सर्वोत्कृष्ट ‘पप्पी’ लाई पुरस्कार प्रदान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अपराध अनुसन्धानमा सर्वोत्कृष्ट ‘पप्पी’ लाई पुरस्कार प्रदान


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा पोख्त बनाउने युनिट केनाइन महाशाखामा कुकुरहरूले सामूहिक कला प्रदर्शनी गरेका छन् ।

अपराध अनुसन्धानमा यसवर्ष जमर्न सेफर्ड जातको ‘पप्पी’ सर्वोत्कृष्ट कुकुर ठहरिएको छ । ‘पप्पी’लाई केनाइन महाशाखाकी एसएसपी डा.देउती गुरुङले मेडल र पुरस्कार प्रदान गरिन् ।

कुकुरलाई प्रतिस्पर्धा गराउँदा बाधापारतर्फ बेल्जियन सेफर्ड जातेको रोज प्रथम भएको छ । हाईजम्पतर्फ बेल्जियन सेफर्ड रिया र दौडामा रुरु उत्कृष्ट भएको केनाइन महाशाखाका एसपी डा.रामचन्द्र सत्यालले बताए ।

रोज र पप्पी ट्रयाकर डग हुन् । रिया र रुरु चाहिँ ‘बम डग’ हुन् । उनीहरूलाई प्रहरीले विस्फोटक पदार्थ सम्बन्धी अनुसन्धानमा प्रयोग गर्दै आएको छ । कुकुर तिहारमा प्रहरीले रिमोट कन्ट्रोलमार्फत कुकुरलाई टाढैबाट सङ्केत दिएर काम गराउने कला पनि गराएको छ ।

वर्ष कुकुर ‘पप्पी’ ले २०७८ चैतमा काठमाडौँको शंकरापुर नगरपालिका-७ मा हरिबहादुर श्रेष्ठको शव पत्ता लगाएको थियो । चैत २९ मा घरबाट हराएका हरिबहादुरको कपडा सुँघाएर छाड्दा पप्पी शालिनदी किनारमा ढुङ्गामा रगत भएको ठाउँसम्म पुगेको थियो सो सङ्केतको आधारमा शालिनदीमा खोजतलास गर्दा हरिबहादुर मृत भेटिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस