कार्यकक्षमै कुटिए गोरखा अस्पतालका चिकित्सक पराजुली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्यकक्षमै कुटिए गोरखा अस्पतालका चिकित्सक पराजुली


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ। गोरखा अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ । रिपोर्ट चित्त नबुझेको भन्दै बिरामीका आफन्तले आइतबार अस्पतालका मेडिकल अधिकृत अविनाश पराजुलीलाई कुटपिट गरेका हुन् ।

घटनाबारे छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा लिखित उजुरी समेत दिइसकिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए ।

घटना लगतै समितिले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै घटनामा संलग्नलाई खोजी गरी कानुनी कारबाही गर्न समेत माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस