भोलि यसरी हुँदैछ सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोलि यसरी हुँदैछ सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताले भोलि पोखरामा संयुक्त कार्यकर्ता प्रशिक्षण दिने भएका छन् । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले प्रशिक्षण दिने कार्यक्रम तयार भएको काँग्रेस गण्डकीले जनाएको छ ।  

शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । बिहीबार नै शीर्ष नेताहरू पोखरा आउने कार्यक्रम थियो । प्रधानमन्त्री देउवा र माधव नेपाल पोखरा पुगिसकेको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस