२८ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका इन्जिनियरबाट थप साढे ९ लाख बरामद « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२८ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका इन्जिनियरबाट थप साढे ९ लाख बरामद


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । रामेछापको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका इन्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ परेका दुवै जनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला पारेको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन-४ का इन्जिनियर नवराज सत्याल र करारका प्लम्बर बखतबहादुर थापा बुधबार १६ लाख नगद १२ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए । रामेछापको मन्थलीस्थित इन्जिनियर सत्यालको सरकारी निवासमा थप खानतलासीको क्रममा रकम बरामद भएको अख्तियारको दाबी छ ।

उनीहरूले सेवाग्राहीसँग घुस मागेको सूचना पाएको आधारमा आफ्नो टोलीले निगरानी गरेको र उनीहरूको खानतलासी लिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस