देउवाले गरे काँग्रेस निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवाले गरे काँग्रेस निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित)


३१ आश्विन २०७९, सोमबार


Ser-Bahadur-Deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा सदस्य मनोनयन गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा २९१ सदस्य मनोनयन गरेका हुन् ।

काँग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले काँग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समिति” गठन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस