केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्छ : रामचन्द्र पौडेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्छ : रामचन्द्र पौडेल


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा निर्वाचन लक्षित सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिले जितेमा जिल्लामा विकास योजना आउने बताए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यसपटक जनताले आफ्नो मूल्याङ्कन गर्ने पौडेलको भनाइ थियो । पौडेलले काँग्रेसको नेतृत्वमा मात्रै विकास सम्भव रहेको बताए ।

अबको निर्वाचनमा काँग्रेसले जित्दा विकास योजनाले निरन्तरता पाउने उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले गाउँ-गाउँमा खानेपानी, बाटो, विद्यालय, शिक्षा, स्वास्थ्य सेवा पुगेको र त्यसलाई निरन्तरता दिने योजनासहित आफूहरु लागिपरेको बताए । गठबन्धन सरकार बनेपछि तनहुँमा दुई अर्बभन्दा बढीको बजेट आइसकेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस