सत्ता गठबन्धनका शीर्ष नेताले काठमाडौँमा प्रशिक्षण दिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सत्ता गठबन्धनका शीर्ष नेताले काठमाडौँमा प्रशिक्षण दिने


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आज काठमाडौँमा प्रशिक्षण दिँदै छन् ।

काठमाडौँको काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे प्रशिक्षण कार्यक्रम राखिएको बताइएको छ ।

पूर्वसभामुख एवम् काठमाडौँ क्षेत्र नम्बर २ को उम्मेदवारसमेत रहेकी माओवादी नेतृ ओनसरी घर्तीका अनुसार नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काठमाडौँ क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने छन् ।

प्रशिक्षण कार्यक्रममा सत्ता गठबन्धन आवद्ध दलका नेता तथा कार्यकर्तालाई सहभागी हुन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस