स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर 


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । गण्डक अस्पताल प्रा.लि.तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंज र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबीच स्वास्थ्य उपचार सेवामा निश्चित प्रतिशतको छुट सम्बन्धी सम्झौता भएको छ । 

सो सम्झौता अनुसार सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला कर्मचारीहरू, मधेस प्रदेशभित्र  स्थायी वतन भएका बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरू, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरू र निजका आश्रित परिवारहरूलाई स्वास्थ्य उपचार सेवामा निश्चित छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको हो ।

असोज २४ गते गण्डक अस्पताल प्रा.लि. र असोज १३  गते स्पर्श मल्टिस्पेसियालिटी अस्पताल बीरगंजसंग समझदारी पत्रमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण बारामा आयोजित छुट्टा-छुट्टै कार्यक्रमका बीच द्विपक्षीय  हस्ताक्षर भएको जनाइएको छ ।  

हस्ताक्षर भएको मितिबाटै लागू हुने र यसको अवधि ५ वर्षको हुने छ । यसको साथै आपसी सहमतिमा समझदारी पुनः निरन्तरता प्रदान गर्न सकिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस