अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै महानगर  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै महानगर 


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना र नक्सा विपरीत प्रयोजन भएको बेसमेन्ट हटाउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले मङ्गलवार पशुपति क्षेत्रमा अनधिकृत र मापदण्ड विपरीतको संरचना हटाएको छ ।

काठमाडौँ-९ स्थित सञ्चारमार्गमा रहेको ७ वटा कवाडी व्यवसाय बन्द गराएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी निरीक्षक किशोर भट्टराईले विनादर्ता नै सञ्चालनमा रहेको ७ वटा कवाडी व्यवसायमा सिल गरेको बताए । उनले वडा कार्यालय मार्फत सूचना निकालेर व्यवसाय दर्ता र मापदण्डमा काम गर्न अनुरोध गरेता पनि अटेर गरेको भन्दै सिल गरिएको बताए ।

महानगरले होप हस्पिटलको बेसमेन्ट पनि खाली गराएको छ । सोही क्षेत्रको बलिउड रेस्टुरेन्टको बेसमेन्ट पनि खाली गराएको भट्टराइले बताए ।

काठमाडौँ महानगरपालिकाले बेसमेन्ट खाली गराउन डोजर चलाएपछि धेरै घरधनीहरूले अदालतमा मुद्दा दर्ता गरेपछि अनधिकृत संरचना र नक्सा विपरीत प्रयोजन भएको बेसमेन्ट खाली गराउने अभियानमा समस्या परेको महानगरले जनाएको छ ।

महानगरले टुकुचा खोला उत्खनन गर्ने अभियानलाई पनि काठमाडौं अदालतले स्टे अर्डर दिएको थियो । बुधबार अदालतमा काठमाडौं महानगरले टुकुचाको विषयमा आफ्नो भनाइ राख्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस