योजना आयोगको उपाध्यक्ष छाडेर पूर्वअर्थमन्त्रीसँग भिड्दै पौडेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

योजना आयोगको उपाध्यक्ष छाडेर पूर्वअर्थमन्त्रीसँग भिड्दै पौडेल


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका विश्वनाथ पौडेल पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग भिड्ने भएका छन् । नेपाली कांग्रेसबाट टिकट पाउने सुनिश्चित भएपछि तीन दिनअघि नै राजीनामा दिएका उनले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् ।

अघिल्लो वर्ष १८ साउनमा सरकारले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो ।

सरकारको विकास सल्लाहकार समेत मानिने राष्ट्रिय योजना आयोगले पौडेलको कार्यकालमा पूर्वबजेटको तयारीभन्दा बढी काम गर्न नसकेको भनी टिप्पणी हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस