काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् ।
राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग सभामुखको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन् ।
भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्त्वपूर्ण भ्रमणहरू भएको स्मरण गर्दै सफल रूपमा कार्यकाल सम्पन्न गरेको भन्दै बधाई दिए । सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
बिदाइ भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार प्रकट गरेकी थिइन् ।