जम्मू कश्मीरका डाइरेक्टर जेनरल हत्या मामिलामा नोकर पक्राउ « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

जम्मू कश्मीरका डाइरेक्टर जेनरल हत्या मामिलामा नोकर पक्राउ


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । जम्मू कश्मीरका डाइरेक्टर जेनरल हेमन्त लोहियाको शङ्कास्पद परिस्थितिमा मृत्यु भएको सम्बन्धमा प्रहरीले उनको नोकरलाई पक्राउ गरेको छ।

जम्मुमा रहेका बीबीसीका सहयोगी पत्रकार मोहित कंधारीले २३ वर्षीय नोकरलाई पक्राउ गर्न जम्मु कश्मीर प्रहरीले रातभर खोजी अभियान चलाएको बताएको छ । अभियुक्त यासिरसँग सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ । यासिरलाई रामबन जिल्लाको कन्हाचक इलाकाबाट पक्राउ गरिएको हो । 

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार यासिर लोहार रामबन जिल्लाको हल्ला धन्द्रथ गाउँका बासिन्दा हुन्। हेमन्त लोहियाको शव सोमबार राति जम्मूको बाहिरी इलाकामा उनको साथीको घरबाट भेटिएको थियो। अधिकारीहरूले यो हत्याको घटना भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस