पानीमा रुझ्दै भाषण गर्ने नेताको सूचीमा थपिए राहुल गान्धी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पानीमा रुझ्दै भाषण गर्ने नेताको सूचीमा थपिए राहुल गान्धी


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ। भारतमा अहिले पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्बिर भाइरल भइरहेको छ ।

‘भारत जोडो’ अभियानका क्रममा भारत दौडाहमा रहेका राहुल गान्धी आइतबार भारतको मन्सुर पुगेका थिए । उनी मञ्चमा भाषण गर्न उक्लिएका मात्र के थिए पानी पर्न सुरु भयो । तर, उनले मेघको प्रवाह नगरी रुझ्दै भाषण गरे ।

पानी परेपछि भाषण सुन्न आएका मानिस तितरवितर हुन थाले । त्यसपछि राहुल गान्धीले भने, ‘पानी परिरहेको छ तर हामीले यात्रा रोकेका छैनौँ । चाहे गर्मी होस, चाहे तुफान आओस वा जाडो नै किन नहोस् हामी रोकिने छैनौ ।’

‘भारत जोडो’ अभियान अन्र्तगत भारतीय काँग्रेसले कन्याकुमारीदेखि कश्मीर यात्रा गरिरहेको छ । पानीमा रुझ्दै गान्धिले गरेको यो भाषणको निकै चर्चा भइरहेको छ ।

गत वैशाखमा नेपाल आएको बेला ठमेलको लर्ड अफ दि ड्रिङक्स क्लबमा देखिएका गान्धीको त्यतिबेला पनि चर्चा भएको थियो ।

पानीमा रुझ्दै भाषण गर्ने राहुल गान्धी एक्ला भने होइनन् । सन् २०१५ मा अरबिन्द भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि १५ मिनेट पानीमा रुझ्दै भाषण गरेका थिए ।

अमेरिकाका राष्ट्रपति जो बाईडेन र कमला हृयारिसले पनि दुई वर्ष अगाडि यसरी पानीमा रुझेर भाषण गरेका थिए । बराक ओबामो सन् २०१२ को जुलाइमा पानीमा रुझ्दै भाषण गरेका थिए ।

डोनाल्ड ट्रम्पले २०१८ को नोभेम्बरमा र हिलारी क्लिनटरले नोभेम्बर २०१६ मा यसरी नै पानीमा निथ्रुक्क रुझेर भाषण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस