महिला मृत फेला, हत्या गरिएको हुन सक्ने आशङ्का « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

महिला मृत फेला, हत्या गरिएको हुन सक्ने आशङ्का


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । राजविराजमा एक महिला मृत फेला परेकी छिन् । राजविराज-३ स्थित नेपाल सहकारीको नवनिर्मित भवनको दोस्रो तलाको छतका महिला मृत अवस्थामा फेला परेको सप्तरी प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए । 

प्रवक्ता सिंहका अनुसार रौतहट जिल्लाको चन्द्रनिगापुर नगरपालिका-५ बस्ने हाल राजविराज नगरपालिका–३ बस्दै आएकी ३३ वर्षीया रञ्जना राईको शव फेला परेको हो । मृतक महिला राजविराजको विभिन्न होटेलमा काम गर्दै आइरहेको परिवारजनले जानकारी दिए । 

श्रीमानसँग दुई वर्षदेखि छुटिएर एक्लै बस्दै आएकी राईको शव सोमबार दिउँसो ६ बजे फेला परेको हो । उनको हत्या गरिएको हुन सक्ने आशङ्कामा प्रहरीले अनुसन्धानअगाडि बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस