दलहरू आन्तरिक तथा द्विपक्षीय छलफलमा, गठबन्धनको संयुक्त बैठक पुनः बस्दै   « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दलहरू आन्तरिक तथा द्विपक्षीय छलफलमा, गठबन्धनको संयुक्त बैठक पुनः बस्दै  


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजे बस्ने बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउने बताइएको छ । 

त्यसअघि अहिले दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् । आन्तरिक तथा द्विपक्षीय छलफलमा व्यस्त रहेका दलहरूले दिउँसो संयुक्त बैठक बसेर निष्कर्षमा पुग्ने बताएका छन् । 

सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः दलहरू छलफलमा जुटेका हुन् । 

सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो ।

त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुङ्गो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन सकेको छैन ।

तर, दलहरूले आ–आफ्नो अडान नछोड्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादी र जसपाले आफूलाई थोरै सिट दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस