बजेट पारित नहुँदा पाएनन् कर्मचारीले तलब  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बजेट पारित नहुँदा पाएनन् कर्मचारीले तलब 


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक  र कर्मचारीको तलब रोकिएको छ ।

हरिपूर्वा नगरपालिकाकाले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताएको छ ।

भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रक्रिया पुरा गरेर तिहार अगाडि तलब दिने बताइएको छ । 

विष्णु गाउँपालिकाको पनि अहिलेसम्म गाउँसभा नभएकोले बजेट पास हुन सकेको छैन । जसले गर्दा शिक्षक कर्मचारी तथा वृद्धवृद्धा, एकल महिला, अपाङ्ग लगायतको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

गाउँपालिकाले भने चार चार महिनामा तलब तथा सामाजिक सुरक्षा भत्ता दिन ढिलाइ नभएको बताएका छन् । 

दसैँ लगत्तै गाउँसभाको बैठक बसेर शिक्षक, कर्मचारीको तलबका साथै सामाजिक सुरक्षा भत्ता तिहार अगाडी तलब दिइसक्ने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस