सुनसान भए काठमाडौँका सडक  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनसान भए काठमाडौँका सडक 


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । यस वर्षको दसैँ मनाउन करिब १८ लाखले काठमाडौँ उपत्यका छाडेका छन्। 

कोटेश्वर, नयाँ बसपार्क, कलङ्कीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौँ उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूको दाबी छ। 

अघिल्लो वर्ष भन्दा यो वर्ष दोब्बरले काठमाडौं छाडेको उनीहरूको भनाइ छ। उपत्यकाबाट गाउँमा दसैँ मनाउन नागरिक गएपछि उपत्यकाका सडक र फुटपाथ खाली देखिन्छन्। 

दसैँका लागि गाउँघर जानेको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा गाडीको सङ्ख्या कम भएको छ। उपत्यकामा हिजोदेखि नै गाडीको चाप कम भएपछि सडक सुनसान बन्दै गएको छ।

हिजोको भन्दा आज र भोलि झन् गाडी कम चल्ने छन्। यसले गर्दा सडक खालीखाली जस्तै हुन थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक खाली हुँदा धेरैले तीव्र गतिमा गाडी चलाउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ। 

दुर्घटना रोकथामका लागि भन्दै प्रहरीले काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा राडार गनसहित सुरक्षा जाँचलाई बढाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस