राष्ट्रपति भण्डारीद्वारा आज ९९८ जना विभूषित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति भण्डारीद्वारा आज ९९८ जना विभूषित


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएकी छन् ।

नेपाल रत्न दिवङ्गत पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई दिइने भएको छ । भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यस्तै, राष्ट्र गौरवबाट दिवङ्गत राजनीतिज्ञ जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुने भएका छन् ।

यस्तै, सुप्रसिद्ध प्रबल जनसेवा श्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित हुने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस