नगर प्रमुखको पारिश्रमिकबाट १४९ जनाले पाए छात्रवृत्ति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नगर प्रमुखको पारिश्रमिकबाट १४९ जनाले पाए छात्रवृत्ति


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आफ्नो सेवा सुविधा बापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ४ हजार रुपैयाँका दरले छात्रवृत्ति बाँडेका हुन् । निर्वाचन घोषणापत्रमा खाँणले आफूले पाउने सेवा सुविधालाई छात्रवृत्ति वितरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको खाँणले बताए ।

यसअघिका नगर प्रमुख वासुदेव घिमिरेले पनि चुनावी प्रतिबद्धता अनुसार नगर प्रमुखका रूपमा पाएको ५ वर्षे कार्यकालको सबै सेवा सुविधाको रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका थिए ।

घिमिरेले स्थापना गरेको नगर प्रमुख छात्रवृत्ति कोषमा जम्मा भएको रकममा हालका नगर प्रमुख खाँणले २ महिनाको सेवा सुविधा थपेर छात्रवृत्ति वितरण गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस