जीतपुरसिमरामा २१ करोडको लागतमा अस्पताल निर्माण शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जीतपुरसिमरामा २१ करोडको लागतमा अस्पताल निर्माण शुरु


२५ भाद्र २०७९, शनिबार


जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिकाले करिब २१ करोडको लागतमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माणको काम शुरु गरेको छ ।

उपमहानगरले सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर उन्नति गर्दै ११ कठ्ठा जग्गामा १५ शैय्याको अस्पतालको निमार्ण शुरु गरेको हो । संघीय सरकारको ससर्त अनुदान अन्र्तगत २० करोड ५५ लाख ३७ हजार ३२८ रुपैयाँ लागतमा २ वर्षभित्र सम्पन्न गर्नेगरी अस्पतालको काम शुरु भएको हो ।

विगत ५ वर्षको अवधीमा तत्कालिन जनप्रतिनिधिले उपमहानगर भित्र एउटै अस्पताल निमार्ण गर्न सकेका थिएन । उपमहानगरभित्र अस्पताल नहुदाँ प्रसुती सेवा लिन तथा सामान्य उपचारका लागि पनि स्थानीयहरु वीरगञ्ज, हेटौडा,भरतपुर र काठमाडौंसम्म पुग्ने गर्दथे । जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथामिकतामा राखेर उपमहानगरवासीको हितमा काम गर्ने बताएका छन् ।

उनले अस्पताल सञ्चालनका लागि आवश्यक विशेषज्ञ सहितको स्वास्थ्य जनशक्ति करारमा परिपूर्तिको गर्नेगरी प्रक्रिया शुरु भइसकेको बताए । १५ शैय्याको अस्पताल निमार्णका लागि उपमहानगर र एच।टि.सि.निमार्ण सेवा काठमाडौँलाई बिच ठेक्का सम्झौता समेत भइसकेको सिभिल इन्जिनियर अभय झाले जनाएका छन् ।

डिपिआर अनुसार अस्पताल भवन ४ तल्लाको रहनेछ जसमा भुईँ तल्लामा ओ।पि।डि।,इमर्जेन्सी, प्याथोलोजी, पहिलो तल्लामा प्रसुती गृह , दोस्रो तल्लामा बिरामी भर्ना, अपरेसन कक्ष र तेस्रो तल्लामा प्रशासनिक तथा बैठक कक्ष रहने इन्जिनियर झाले बताएका छन् ।

अस्पतालमा खाजा घर, सवारी पार्किङ, मनोरञ्जनका लागि पार्कको समेत व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस