कक्षा १२ को नतिजापछि एनओसी लिनेको संख्या बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कक्षा १२ को नतिजापछि एनओसी लिनेको संख्या बढ्यो


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । त्यसयता मात्रै दुई हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा प्रमुख वासुदेव बस्तीले औसतमा दैनिक सात सयले एनओसीका लागि आवेदन दिने गरेको बताए ।

शुक्रबारदेखि यता दुई हजार १०३ एनओसी जारी भएको छ । शुक्रबार ३२३, आइतबार ५७६, सोमबार ६२५, मंगलबार ५७९ जारी भएको शाखाले जनाएको छ ।

शाखाले अहिले आवेदन तथा आवेदन भेरिफिकेसन अनलाइनमार्फत गर्दै आएको छ । शाखाले आवेदन परेको २४ घण्टाभित्र भेरिफिकेसन गर्ने र भेरिफिकेसन भएको २४ घण्टाभित्र एनओसी जारी गरिरहेको छ ।

कागजात पुगेको खण्डमा आवेदन दिएको ४८ घण्टाभित्र आवेदकले एनओसी प्राप्त गरिरहेका छन् ।

विद्यार्थीहरूले सबैभन्दा बढी जापान त्यसपछि अस्ट्रेलिया, युके, अमेरिका, कोरियालगायत देशका लागि एनओसी लिइरहेको शाखा प्रमुख बस्तीले जानकारी दिए । अहिले १०४ देशका लागि विद्यार्थीहरूले एनओसी लिइरहेको शाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस