कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आयो : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आयो : प्रधानमन्त्री देउवा


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन् । बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताए । उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको समेत बताए । उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको उनको भनाई छ ।

उनले कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए । प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेका बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे । उनले कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए ।

उनले कर्मचारीहरू नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरूले मात्रै गरेर केही नहुने बताए । अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताए । प्रधानमन्त्री देउवाले राजनीतिक दलहरू अस्थायी सरकार भएको समेत बताए ।
प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस