मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्छ : विमला राई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्छ : विमला राई


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएकी हुन् । उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने बताइन् । उनले जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरू जनताको शासक नभई सेवक भएको बताइन् ।

यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्नका लागि उनले सरकारको ध्यानाकर्षण पनि गराएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस